नेपालगन्जमा होली महोत्सव तथा ब्यापार मेला

नेपालगन्ज। महिला उद्यमी संघ बाँकेको आयोजनामा पाँच दिने ‘होली महोत्सव तथा ब्यापार मेला’ नेपालगन्जमा शुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका उपमेयर थापा थापा मगर, कोहलपुर नगरपालिका उपप्रमुख सन्जु कुमारी थारु, बैजनाथर गाउँपालिका उपाध्यक्ष शारदा विश्वकर्मा, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानो खान, नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव र जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा ब्यापार मेलाको उद्घाटन गरे ।
महिला उद्यमीको उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्यले स्थानीय बागेश्वरी मन्दिरको पार्कमा मेला सञ्चालन गरिएको हो । ४० वटा स्टल रहेको मेलामा महिलाले सञ्चालन गरेका उद्योगबाट उत्पादित बस्तु, खानाका परिकार, हस्तकला सामग्री, कृषि उत्पादन लगायतलाई प्रदर्शनमा राखिएको छ ।
चार लाख बढी खर्च हुने अनुमान गरिएको मेलामा स्थानीय कलाकारको सांगीतिक प्रस्तुती पनि रहने छ । मेला प्रवेशका लागि २० रुपैंया प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । मैला उद्घाटन समारोहमा ब्यापार ब्यावसायको क्षेत्रमा योगदान गरेका चार महिलालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा समाजसेवी माधुरी शर्मा, गीता मौर्या, महिला ब्यावसायी आमना बागवान र सृजनशील उद्यमी महिला संघकी लक्ष्मी ओली रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *