सुर्खेत । आज बसेको प्रदेश नं. ६ को प्रदेशसभाको बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले प्रदेश राजधानी र नाम प्रस्ताव गर्नु भएको थियो । उहाँको प्रस्तावमा प्रदेशको नाम कर्णाली र स्थायी राजधानी सुर्खेत छ ।
अहिले सरकारले पनि अस्थायी मुकाम सुर्खेतलाई तोकेको छ र प्रदेशसभाको बैठक सुर्खेतमै बसिरहेको छ ।
प्रदेशसभाको बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव दुई तिहाई बढी बहुमतले पास गरेको छ । ३९ सांसदमध्ये ३७ जनाले प्रस्तावको पक्षमा आफ्नो मत राखेका थिए भने एक सांसद बैठकमा अनुपस्थित थिए ।
सभामुखले भोट हालेनन् ।
सांसद कँडेलको प्रस्तावमा कांग्रेस सांसद दिनबन्धु श्रेष्ठ, माओवादी केन्द्रका सांसद वीरबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाही लगायतले समर्थन जनाएउनु भएको थयो ।