बाँके । नेपाल शिक्षक संघ प्रदेश नम्बर ५ को अध्यक्षमा दाङ्गका अर्जुन कुमार योगी बिजयी हुनुभएको छ । उहाँ सँगै पुरै प्यानल बिजयी भएको हो । योगीका निकटम प्रतिद्वन्दी बाँकेका द्रोण बहादुर ओलीलाई ३४ मत अन्तरले पछि पार्दै योगी बिजयी हुनुभएको हो ।
हिजो नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा भएको अधिवेस तथाा निर्बाचनमा योगीले १८६ मत ल्याई बिजयी हुनु भएको हो ।
प्रतिद्वंदी ओलीले १५२ मत ल्याउनुभएको छ । त्यस्तै अन्य बिजयी पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा दीपक ज्ञवाली, महासचिबमा लाल प्रसाद पंगेनी, महासचिब अर्थ महिलामा सिता शर्मा गौतम, उपमहासचिबमा इन्द्र प्रसाद पोख्रल, त्यस्तै उप महासचिब महिलामा सृजना पण्डित निर्वाचित हुनु भएको छ ।
अध्यक्षमा बिजयी हुनुभएका योगीलाई नेपालगन्ज उपमानगरपालीकाकी उपमेयर उमा थापा मगरले भेरी प्राबिधिकमा गएर बधाई समेत दिनुभएको छ ।
अधिवेशनले १२ पदाधिकारी, ४ महिलासहित १५ सदस्य चयन गरेको छ । महिला उपाध्यक्ष, दुई उपाध्यक्ष, उपमहासचिव अर्थ र चार महिला सदस्य भने निर्विरोध भइसक्नुभएको छ ।
विजयी योगी कोईराला पक्षधर हुनु हुन्छ भने अध्यक्षका अर्का प्रत्यासी ओली पार्टी सभापति देउवापक्षरका हुनु हुन्छ ।