बागेश्वरी बहुमुखी क्याम्पसले रजत जयन्ती मनाउँदै

कोहलपुर । बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरले आफ्नो स्थापनाको २५ औं वर्ष पुरा भएको अवसरमा फागुन २२ गते रजत जयन्ती मनाउन भएको छ ।
रजत जयन्ती मनाउने जानकारी गराउनका लागि पत्रकार सम्मेलन गरी रजत जयन्ती मनाउन लागिएको कुरा क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बताएका छन । रजत जयन्तीलाई भव्य रुपले मनाउनका लागि १६ वटा उप–समितिहरु समेत गठन गरी कामलाई गरिरहेको जानकारी क्याम्पस प्रमुख शर्माले बताए ।

रजत जयन्तीको अवसरमा फागुन ११ गते देखि सुरु भएका सप्ताहव्यापी अतिरिक्त क्रियाकलाप अन्र्तगत कबडी बाहेक हाजीरीजवाफ, कविता, वक्तृत्वकला, भलिबल लगायतका खेलकुदहरु समेत सम्पन्न भइसकेका छन् ।

क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन र पूर्व विद्यार्थीहरुको आयोजनामा फागुन २० गते रक्तदान र २१ गते सरसफाई कार्यक्रम गरिने भएको छ । रजत जयन्तीको मध्यपश्चिम विश्व विद्यालयका उप–कुलपति उपेन्द्र कुमार कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पसले क्याम्पस प्रमुख शर्माले जनाएका छन ।

क्याम्पसका संस्थाका प्रध्यापक तथा विद्यार्थीहरु, पूर्व सञ्चालक समितिका सदस्यहरु पूर्व क्याम्पस प्रमुखहरु पछिल्लो वर्षको नतिजामा संकायगत सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरु, क्याम्पसको विकासमा उल्लेखनिय योगदान गर्ने व्यक्ति लगायतलाई सम्मान गरिने कार्यक्रम समेत रहेको बताइएको छ ।

पत्रकार सम्मलेनमा क्याम्पस संञ्चालक समितिका अध्यक्ष होम प्रकाश सुवेदी, संञ्चालक समिति सदस्य भीम रावत, स्ववियू सभापति दिनेश केसी, संचालक समितिका सदस्य सूर्य ढकाल, प्रध्यापकहरु सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *