चोरी शिकार नियन्त्रणमा युवा जागरण अभियान

कोहपुर । बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा आगामी फागुन १९ गतेका दिन ‘युवाको जागरण बाघ–चितुवाको संरक्षण अभियान’ भन्ने मुल नाराका साथ समुदायमा आधारित चोरी शिकार नियन्त्रणमा युवा जागरण अभियान कार्यक्रम १९ गते समापन हुने भएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र युवा सञ्जाले बाघ चितुवाको चोरी शिकार कसरी नियन्त्रण गर्न सकिन्छ भनि समुदायमा आधारित चोरी शिकार नियन्त्रणमा युवा जागरण अभियानको चौथो श्रृंखला बाँके राष्ट्रिय निकुन्जमा सुरु हुने भएको छ । बाघ तथा चितुवाको चोरी शिकार नियन्त्रणका लागि युवा सक्रियता बढाउने उद्देश्यले नेपाल सरकारले २०७१ असार ६ गते समुदायमा आधारित युवाको जागरणः बाघ–चितुवाको संरक्षण भन्ने अभियान मनाउन थालिएको हो ।
यस अभियानमा चितवन राष्ट्रिय निकन्ज, शुक्लाफाँटा राष्ट्रिय निकुन्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुन्ज, पर्सा राष्ट्रिय निकुन्ज र कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र अन्तर्गत चोरी शिकार नियन्त्रण अभियानमा आवद्ध एकहजार पाँचसय युवाहरुको सहभागितामा रहने आयोजकले जनाएको छ ।
युवाहरुलाई वन्यजन्तु संरक्षण कार्यक्रम सक्रिय गराउनका साथै वातावरण सुधारका लागि समेत अभियानले प्रेरित गर्ने बताइएको छ । अभियानमा सहभागी युवाहरुले बन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि युवा वर्गले निर्भाह गर्न सक्ने भूमिका र पर्यापर्यटनको विकास तथा जैविक विविधताको पर्यटनको सम्भावनाका विषयमा छलफल गर्नेछन् ।
प्रदेश नम्बर पाँचका उप–सभामुख कृष्णी थारुले अभियानको उद्घाटन गर्ने छन् । अभियानलाई रोचक र सार्थक बनाउन संरक्षण सम्बन्धी विविन्न साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिनुका साथै लोकगायक मिलन लामाको समेत विशेष प्रस्तुतीको समेत आयोजकले जनाएको छ ।
अभियानमा युवाहरुले राष्ट्रिय निकुन्जको विषयमा अध्ययन गर्नेछन् । छलफल गरी समुदायलाई बन्यजन्ुतको संरक्षणका लागि समुदायको भूमिका र युवा सक्रियताका विषयमा महत्वपूर्ण सन्देश प्रवाह गर्ने बाँके राष्ट्रिय निकुन्जका निकुन्ज प्रमुख डिल बहादुर पुर्जापुनले हातेमालो खबरलाई बताए । महोत्सवका तरिकाले सम्पन्न हुने अभियानमा हात्तीसार उद्घाटन गरी पर्यापर्यटनको सुरुवात गर्ने समेत आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *