कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार शुल्क

काठमाण्डौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । निर्वाचन समितिले बिहीबार सूचना सार्वजनिक गरी दरखास्त शुल्क र निर्वाचन कार्यतालिकाबारे जानकारी गराएको छ । कार्यतालिका अनुसार फागुन २० गते साँझ ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन, फागुन २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
त्यस्तै उम्मेदवारले नाम फिर्ता लिने समय फागुन २१ गते विहान सवा ८ बजेसम्म तोकिएको छ । त्यसपछि फागुन २१ गते बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १० देखि १ बजेसम्म मतदानको समय तोकिएको छ ।
संसदीय दलको नेता चयनका लागि कांग्रेसले चीनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्देम्बे, नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । मतदान भने सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *