बधाई दिन पाकिस्तानी प्रधानमन्त्री सोमबार काठमाडौं आउने

काठमाडौं । बाम गठबन्धनबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी नेपाल आउने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष तथा नेपालका राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमै आएर बधाई दिन लागेका अब्बासी पहिलो प्रधानमन्त्री हुन । प्रधानमन्त्री ओलीको नेपालमा मात्र हैन सार्क र विश्व राजनीतिमा महत्वपूर्ण राजनेताका रुपमा हेरिदै आएको छ । नेकपा एमाले सचिव प्रदीप ज्ञवालीले अब्बासी नेपाल आउन लागेको बताउनु भएको हो । ‘उहाँ फागुन २१ गते आएर र २२ गते फर्कने कार्यक्रम छ’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीमा निर्वा्चित भएको बधाई दिन कुनै विदेशी प्रधानमन्त्री नेपाल आउन लागेको यो पहिलो हो । प्रधानमन्त्री ओलीले आफ्नो एकमात्र प्राथमिकता र फोकस मुलुकको बिकास र समृद्धि रहेको बताउँदै त्यसका लागि सबै मित्रराष्ट्रहरुको सहयोग आवश्यक रहेको बताउँदै आउनु भएको छ ।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन फोनमार्फत बधाई दिंदै उहाँ नेतृत्वको सरकारसँग काम गर्न आफु आतुर रहेको बताएका थिए । त्यस्तै, चिनियाँ प्रधानमन्त्री ली खछियाङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बधाई दिंदै मिलेर काम गर्न इच्छुक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *