विश्व रेकर्डका लागि टुँडिखेलमा हजारौंले बाचन गरे बुद्ध वचन ।


काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिसले एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।
टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागी भएका थिए । आयोजकका अनुसार ७५ हजार बढी सहभागी थिए ।
यसलाई गिनिज बुद्ध अफ दि वल्र्ड रेकर्डले मान्यता दिन बाँकी छ । ‘धेरै मानिस एकै ठाउँमा जम्मा भएर एकसाथ पढेको’ रेकर्ड अहिले भारतको नाममा छ ।
भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता बढेर यो रेकर्ड बनाएको थियो । समाचार र फोटो अनलाईन खबर प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *