प्रदेश नं. ५ की उपसभामुख कृष्णी थारुलाई जानकी गाउँपालिका वडा नं. ३ बन्जारेगाउँका स्थानीयबासीले शनिवार स्वागत सत्कार गरेका छन् ।
जानकी गाउँपालिका विकास निर्माणमा पछाडी पारिएको र विकास, शिक्षाका क्षेत्रका धेरै पछि परेको स्थान हो । साविक इन्द्रपुर गाविसमा हाल सम्म पनि कक्षा दश सम्म अध्ययन गर्नका लागि नत विद्यालय छन न मदरसा नै छन् । यस क्षेत्रका विद्यार्थी ३ देखि ५ किलोमिटर टाढाको स्थान नेपालगन्ज बजार क्षेत्रमा अध्ययनका लागि जानु पर्ने बाध्य रहेको छ ।
विकास निर्माणका साथै यस वडामा खानेपानीको झनै धेरै समस्या रहेको छ । यस वडाका अधिकांस मानिस सार्वजनिक कुवाको पानी खाने र सम्पूर्ण सरसफाईका काम पनि त्यही कुवा गर्नु पर्ने बाध्यता रहेको छ । खानेपानी सँगसँगै ढलनिकास, सरसफाईको सचेतनाको पक्षमा पनि कम छ ।
खुल्ला दिशा मुक्त क्षेत्रका लागि यो वडामा अहिले सम्म पनि अभियान सफल हुन सकेको छैन । विभिन्न कारण छन, हामीसँग आफ्नै खानेपानीको नल सम्म छैन, चर्पीमा चाहिने पानिको पनि समस्या छ । यसका साथै आफ्नै चर्पी निर्माण गर्ने जग्गा नभएका नागरिक समेत रहेका छन उनीहरुको समस्या सरकारले समेत सुनेको छैन । नेपालकै लोपोउन्मुख जाति कुचबधियाका आफ्नै पैत्रिक जमिन समेत छैन उनीहरु कसरी चर्पी बनाउन सक्छन भन्नु हुन्छ स्थानीय युवा अब्बद अहमद सिद्धिकी ।
स्थानीयवासी ओमकार वर्माको अगुवाईमा बन्जारेगाउँ स्थित उहाँकै घरमा विहानको खाना सामुहिक रुपमा खाना खाने र स्थानीयका गुनासा प्रदेश कानुन निर्माण गर्ने मध्येकी उपसभामुखलाई पनि जनगुनासा सुनाउने भन्ने सोचका साथ यो कार्यक्रम आयोजना गरिएको हो । उहाँ स्वतन्त्र जिम्मेवारीको भूमिकामा हुनुहुन्छ त्यसैले पनि हाम्रा समस्या प्रदेश सरकार र नीति निर्माणकर्ता सम्म पुगोस भन्ने उद्देश्यले गाउँका सर्वसाधारणसँग उपसभामुख ज्यूको संवाद कार्यक्रम गरिएको बर्माले बताए ।
कार्यक्रम अवसरमा स्थानीय युवा हुसेनी यादव, अब्बाद अहमद सिद्दीकी, पुराना राजनीतिज्ञ जलिल वेहना लगायतले सडक, खानेपानी र शिक्षाको समस्यावारे उपसभामुखलाई जानकारी गराएका थिए । उपसभामुख थारुले प्रदेश सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कार्य सुरु हुने छन । संवैधानिका अधिकार अनुसार यस प्रकार समस्यामा म सहयोगी बन्ने छु भन्दै स्थानीयलाई उपसभामुखले आश्वस्थ पारेकी थिइन ।