सभापतिमा सम्झना विजयी


बाँके । नेपाल रेडक्रस सोसाईटी बाँके शाखाको सभापतिमा गोबद्र्धन सिंह सम्झना तेस्रो पटक निर्वाचित भएका छन् । बुधबार नरैनापुर गाउँपालिकाको गंगापुरमा भएको ३६ औं जिल्ला सभाले सम्झनालाई तेस्रो कार्यकालका लागि सभापति चुनेको हो ।
यसअघिका दुई कार्यकाल सर्वसम्मत सभापति भएका सम्झनाले यो पटक भने चुनावी प्रतिष्पर्धाबाट बाजी मारेका हुन् । रेडक्रस बाँके शाखाका पूर्वमन्त्री अरुणलाल श्रेष्ठलाई भारी मत अन्तरले पराजित गर्दै चार बर्षिय कार्यकालका लागि सम्झनाले रेडक्रसको नेतृत्व सम्हालेका छन् ।
सम्झनाले खसेको कुल ९५ मतमध्ये श्रेष्ठले १२ मत मात्र प्राप्त गर्दा सम्झनालाई ८३ मत प्राप्त भयो । १३ सदस्यीय कार्यसमितिका लागि १२ सदस्य भने यसअघि नै सर्वसम्मत भइसकेका थिए । पदाधिकारी पछि चयन गरिने छ । जिल्लासभामा बार्षिक प्रगति विवरण र लेखा परिक्षण समेत सार्वजनिक गरिएको थियो । सभाका प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्माले जनताको सेवाका लागि रेडक्रस सँधै तत्पर रहेको बताएका थिए । नरैनापुर विपदयुक्त क्षेत्र भएकाले आफूहरु गंगापुरमा आएर जिल्ला सभा गरेको शर्माको भनाई थियो ।
सभामा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले आगामी दिनमा रेडक्रस अझैं जनउत्तरदायी हुँदै जाने विश्वास व्यक्त गरे । उनले विकट क्षेत्रमा आएर रेडक्रसले जिल्ला सभा गरेकोमा खुसी ब्यक्त गरे । विपद् र अभावका बीच बाँचिरहेको बघौडा क्षेत्रका लागि रेडक्रसले गरिरहेको कामको प्रशंसा गर्दै अध्यक्ष शाहले आगामी दिनमा अझ सहयोगको अपेक्षा रहेको बताए ।उनले नरैनापुर गाउँपालिकामा जिल्लास्तरीय कार्यक्रम हुनुले पनि अव नरैनापुर गाउँपालिका विकासको गतिमा अघि बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *