बाँके । प्रथम मेयरकप रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा आजबाट प्रथम अन्तर मा.वि मेयर कप रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदैछ ।
कोहलपुरको तेह्र विगाह मैदानमा संञ्चालन हुने प्रतियोगिताको बाँकेका क्षेत्र न.१ ख की प्रदेश सभासद आरती पौडेलले उद्घाटन कार्यक्रम रहेको बताइएको छ । बुधबार कोहलपुरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले कोहलपुर नगरपालिकाको फागुन १३ गतेको बैठकले फागुन मसान्त भित्र सम्पन्न गरिसक्ने गरी नगर शिक्षा शाखालाई व्यवस्थापन र संचालनको जिम्मा दिएकोले सो प्रतियोता संञ्चालन गर्न सम्पुर्ण तयारी पुरा भईसकेको बताए ।
प्रतियोगिता संचालनका लागि नगर प्रमुखको अध्यक्षतामा ७० सदस्यीय मुल समिति बनाइएको छ । त्यसै गरी कोहलपुर नगर शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीको संयोजकत्वमा ७ सदस्यीयय संचालन एवम व्यवस्थापन समिती गठन गरिएको छ । निजि तथा सामुदायिक विद्यालय गरी करिब २९ वटा विद्यालयहरुको सहभागिता हुने मेयर कप प्रतियोगितामा राष्ट्रिपति रनिङ शिल्ड संचालन निर्दे्शिकामा आधारित छात्र÷छात्रा दुवै तर्फ फिल्ड र ट्रयाकका एक सय मिटर ,पन्ध्र सय मिटर दौड लङजम्प र भलिबल लगायतका खेलहरु समावेश गरिएका छन । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ५१ हजार द्वितीय हुनेलाई ३१ हजार र तृतीय हुनेलाई नगद २१ हजार रुपैया शिल्ड तथा प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन फागुन १७ गते बसेको प्रधानाध्यापकहरुले बैठकले विभिन्न उप समितिहरु समेत गठन गरेको छ भने प्रतियोगितालाई विधि संम्वत संञ्चालन गर्न विभिन्न विधाका प्रशिक्षकहरु लाइ समेटेर वरिष्ठ भलिबल प्रशिक्षक लाल बहादुर मल्लको संयोजकत्वमा खेल प्राविधिक समिति समेत गठन गरिएको छ ।
त्यस्तै प्रतियोगिता सफल बनाउनका लागि एथ्लेटिक्स खेल संञ्चालन उप समिति, भलिबल खेल संचालन उप समिति पनि गठन गरिएको संचालन तथा व्यवस्थापन समितिले जनाएको छ । रनिङ शिल्ड प्रतियोगिता फागुन २६ गते सम्म संचालन हुने छ ।