एक सय आठ औँ अन्तराष्ट्रिय महिला दिवस बाँकेमा विभिन्न कार्यक्रम गरि मनाईयो

नेपालगन्ज- एक सय आठ औँ अन्तराष्ट्रिय महिला दिवस विहिवार बाँकेमा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाईने गरिन्छ । विहिवार एका बिहानै सडकमा महिला अधिकार रक्षा र समानताका नारा लेखिएका प्लेकार्ड बोकेर महिलाहरुले आफ्ना अधिकार माग गर्दै नारा जुलुश गरेका थिए । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका साथै शैक्षिक संस्थाहरुले समेत ¥याली निकालेर सभा सम्मेलन गर्दै महिला दिवस मनाए ।
सँधै झै यसपटक पनि महिला अधिकार र समानताको नारा सहित व्यानरहरु राखिएपनि दिवस मनाउने तरिका भने फेरिएको देखियो । अधिकारका लागि आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र कुरा सुन्ने भन्दा पनि महिलाहरुले तस्वीर खिचाउनकै लागि सहभागी भएको आभास भएको थियो ।
गाउँमा दिवसको महत्व र अधिकारका विषयमा जानकार समेत नभएका महिलाहरुका लागि लड्छौं भनेर नेतृत्व गर्ने शहरका महिलाहरुको देखावटी सहभागीताले साँच्चै अधिकारको प्राप्तीको बाटो डाइभर्ट भएको जस्तो देखिन्थ्यो ।
विहिवार १०८ औं अन्तर्राष्टिय महिला दिवसका अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले नगरक्षेत्र भित्रका जेष्ठ महिलाहरुलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले गरेका विभिन्न कार्यक्रमहरुमध्ये बिहीबार नगरका ८० वर्षमाथिका जेष्ठ महिलालाई दोसल्लासहित सम्मान गरेको हो ।
पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधि आएको र नागरिकप्रति पालिकाले गर्नुपर्ने दायित्व अन्तर्गत महिलाहरुलाई सम्मान गरेको उपमहानगरपालिकाले जनाएको छ । सम्मानका साथै स्वास्थ्य उपचारसमेत गरेको छ । उप–महानगरपालिकामा आयोजित एक समारोहबीच एक सय ५० जेष्ठ महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यसका साथै महिलाहरुलाई छाता पनि सहयोग गरेको छ । उक्त अवसरमा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको सहजीकरणमा एकसय जनाको टोलवीले महिलाहरुलाई स्वास्थ्य जाँचका साथै औषधी समेत वितरण गरेका थिए । कवीराज निरिक्षक अनीरुद्ध्र साह नेतृत्वको ९ जनाको टोलीले जेष्ठ महिलाको स्वास्थ्य जाँच, परामर्श तथा उपचार दिएको थियो ।
त्यसैगरि सृजनशिल आमा समूह र अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नंं २० मा १०८ औं नारी दिवस मनाईएको छ । आर्थिक समृद्धि र महिला सशक्तिकरण विायक अन्तरक्रिया कार्यक्रममा महिला नेतृ शान्ति ढकाल ,माया गुरुङ ,वडा नंं २० का वडा ध्यक्ष कृष्ण कार्की लगायतले बोलेका थिए । अग्रगामी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उषा थापाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *