स्थानीय तहमा सुशाशन सिकाउदै ‘साझेदारी’

साझेदारी विकास परियोजनाले स्थानीय तह र निकायमा योजना छनौट, पारदर्शीता र सुशाशनको बारेमा सघाउदै आएको कारण बाँकेका स्थानीय तह सञ्चालनमा सहज भएको पाईएको छ ।
अमेरिकी सहयोग नियोग यूएसआईडीको सहयोगमा बाँकेमा इन्रुडेकको सञ्चालनमा रहेको साझेदारी विकास कार्यक्रमले जनप्रतिनिधिलाई हरेक बिषयमा प्रशिक्षण दिई ‘जान्ने’ बनाएको कारण उनीहरुले दैनिक जसो सम्पादन गर्दै आएका जनकार्यहरुमा सहजता भएको दाबी गरेका छन् ।
साझेदारी विकास परियोजनाले जनप्रतिनिधि नभएका बेला वडा नागरिक मञ्चलाई प्रशिक्षित गर्ने र आमनागरिकको सामाजिक चेतनाको विकासका लागि सहयोग गर्दै आएकोले यस्ता प्रकृतीका कार्यक्रमले निरन्तरता पाउन आबश्यक रहेको बाँके बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *