राधालाई निर्मम कुट्ने पार्वती प्रक्राउ, मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले छानबिन थाल्यो ।


कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने मध्येकी किस्मिता चौधरी उर्फ पार्वती लाई प्रहरीले प्रक्राउ गरेको छ । उनले भोलेबाबा भनिने रामबहादुर चौधरीसँग मिलेर राधालाई निर्धात कुटपिट गरेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो ।
चौधरीले राधालाई पेट लगायत संवेदनशिल अंगमा क्रुरता पूर्वक कुटपिट गरेकी थिइन् । देउकलीयाकै स्थानीय बासिन्दा २० वर्षीया किस्मतिले आफू पार्वती भएको भन्दै राधामाथि निर्घात कुटपिट गरेकी थिइन् । उनले शिवजी रुप धारण गरेका झाँक्री चौधरीसँग आफूले ८ दिनका लागि बिहे गरेको बताउने गरेकी थिइन् । रामबहादुरलाई भने प्रहरी शुक्रबार नै पुनः पक्राउ गरिसकेको छ । घटनामा उनीहरुलाई साथ दिने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रक्राउ परेका दुवै जनालाई आज जिल्ला अदालत कैलाली लगिदैछ ।
यसै घटनासँग जोडिएका एमालेले घोडाघोडीका मेयरमाथि कारबाही थाल्यो छ ।
स्थानीय युवती राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट गरिएको घटना मिलापत्र गराएपछि विवादमा तानिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले छानबिन थालेको छ ।
घोडघोडी नगरपालिका–५ देउकलीमा १८ वर्षीय राधा चौधरीमाथि स्थानीय धामी रामबहादुर चौधरीसहितले नारी दिवसका दिन सयौँ गाउँलेमाझ कुटपिट गरेको घटना मिलापत्र गराएपछि चौधरी विवादित भएका थिए ।
बोक्सी आरोपमा राधामाथि कुटपिटपछि इलाका प्रहरी कार्यालय सुख्खडमा मेयरकै उपस्थितिमा घटना मिलापत्र गरेको पाइएपछि सरकारमाथि पनि दबाब परेको छ ।
एमाले कैलालीले बनायो समिति
नेकपा एमाले कैलालीका सचिव रणबहादुर चन्दले राधामाथि भएको ज्यादती र एमालेबाट निर्वा्चित मेयर ममताप्रसादको भूमिकाबारे विस्तृत अध्ययन गर्न एक कमिटि बनाइएको जानकारी दिए ।
‘हामीले छानबिन थालिसकेका छौँ, मेयर चौधरीसँग पनि हामीले कुराकानी गरिसकेका छौँ’, उनले भने, ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर त्यहाँका प्रत्यक्षदर्शी, प्रहरी र पीडितपक्षसँग विस्तृत बुझेर कारबाही अघि बढाउँछौँ ।’
बोक्सी आरोपमा कुटपिटको गम्भीर घटना पनि मेयरले मिलापत्र गराएको भन्दै चर्को आलोचान भएको थियो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा पनि आलोचना भएपछि मेयर चौधरीले शनिबार विज्ञप्ती निकाल्दै आफूले मिलापत्र नगराएको उल्टै धामीलाई पनि पक्रन सघाएको स्पष्टिकरण दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशन
आजै घटनाको चार दिनपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राधामाथिको बर्बर घटनामा कसैलाई छुट दिन नसकिने बताउँदै तत्काल छानबिन प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको निर्देशनसँगै एमाले कैलालीले पनि छानबिन समिति बनाएको हो । उता, प्रमको निर्देशनसँगै इलाका प्रहरी कार्यालय सख्खडका निमित्त इन्चार्ज सई दिनेश विष्टलाई पनि जाहेरी दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले निलम्बनप्रक्रिया अघि बढाएको छ ।
यसैबीच राधामाथि कुटपिटमा संलग्न स्थानीय २० वर्षीय किस्मती चौधरीलाई प्रहरीले आइतवार घरैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
उनीसँगै कुटपिटमा संलग्न धामी रामबहादुर चौधरीमाथि जिल्ला अदालतमा म्याद थपेर मुद्दा दर्ता गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहोराले जानरकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *