बंगलाको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना,४९ जनाको मृत्यु


काठमान्डौँ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमान अवतरणको क्रममा आगो लागेको हो ।

विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । विमान दिउँसो २ बजेर १८ मिनेटमा दुर्घटना भएको थियो। विमानमा चालकदलसहित ७१ जना थिए। जसमा ३३ जना नेपाली थिए।
जसमा ४९ जनाको मृत्यु भएको छ भने २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । विमानमा ३७ पुरुष, २८ महिला र २ जना बच्चा रहेका थिए ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यूएस बंगला विमानले अवतरण गर्ने बेलमा नै ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको बताएका छन् ।‘जहाज ल्याण्ड गर्ने बेलामा विमानस्थलको टावर छेउबाटै आयो । झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्व पट्टीको बार भत्काई खाल्डोमा गएर खस्यो,’ उनले भने, ‘आग्नी नियन्त्रक एलर्ट भएकोले आर्मी प्रहरी सबै मिलेर चाँडै उद्धार र नियन्त्रण भयो। जुन स्थितिमा आगो बलेको मैले देखेको थिएँ, त्यो स्थिति अझै १० मिनेट रहेको भए अझै भयावह स्थिति हुने थियो।’

बंगला विमान पार्किङमा रहेको थाई एयरवेज विमानको पुछार पट्टीको भागमा ठक्कर हुनबाट जोगिएको थियो। विमानस्थलका अधिकारीहरुका अनुसार थाइमा ठोकिएको भए अझै क्षतिहुने स्थिति थियो। ‘नाइन नटिकल माइल’ आइसकेपछि जहाजलाई साउथ (जिरो टू)बाट ल्याण्ड गर्ने अनुमति दिँदा खेरी पाइलटले उत्तर (टू जिरो) तिरबाट ल्याण्ड गर्छु भनेर उत्तरतिर लागेको उनले बताए।

‘उत्तरतिर लागिसकेपछि टावर कन्ट्रोलरले फेरी तपाईं (पाइलट)लाई केही समस्या छ र भनेर सोध्नुभयो। पाइलटले केही समस्या नभएको जनाए। तर विमान उत्तर गएर ल्याण्ड गर्नुपर्नेमा उत्तर पूर्व गएर दुई फन्को लगाउनुभयो,’ उनले भने, ‘टावरले तपाईंले किन ल्याण्ड गर्नुभएन? तपाईंलाई ठीक छ भनेर सोध्नुभयो। पाइलटले म ठीक छु ल्याण्ड गर्दैछु भनेर जवाफ दिनुभयो। ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ मिलेको थिएन। कन्ट्रोलरले ल्याण्ड गर्ने बेला एलाइन्मेन्ट मिलेको छैन भन्दा पाइलटले रेन्सपोन्स गर्नुभएन। त्यसपछि जहाज रनवेबाट सिधा ल्याण्ड गर्नुपर्नेमा रनवेबाट दाइनेतिर (आर्मीको ह्यांगरतर्फ) टावरको छेउबाटै आयो।’
विमानमा रहेका नेपालीहरुको नाम सार्वजनिक भए पनि उनीहरुको अवस्था बारे केही जानकारी आएको छैन।

विमानमा सवार नेपाली यात्रुहरु

दिनेश हुमागाई
शिला बजागाईँ
एलिजिना बराल
चारु बराल
सोबिन्द्र सिंह बोहोरा
बसन्त बोहोरा
समिरा ब्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौडेल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
अञ्जिला श्रेष्ठ
सरुण श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्रकार
बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *