कोहपुर । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति करिब ८ बजेर तिर गोली र खुकुरी प्रहार भएको छ । आफ्नै निवास घोडाघोडी नगरपालिका–१ सुखडबजारमा बसिरहेको अवस्थामा चारजनाको समूहमा मोटरसाइकलमा आएको अज्ञात समूहले मेयर चौधरीलाई गोली र खुकुरी प्रहार गरेको बताइएको छ ।
मेयर चौधरीलाई आक्रमण गर्ने मध्ये एकजनाले मोटरसाइकल मेयरको चौधरीकै घरमै छोडेर भागेको बताइएको छ ।
मेयर चौधरीको टाउँकोमा खुकुरी र कम्मर तल गोली लागेको छ । स्थानीय घोडाघोडी अस्पतालमा चौधरीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहपुर शिक्षण अस्पतामा सोमबार राति नै ल्याइएको छ ।
मेयर चौधरीको उपाचार तदारुकताका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुल लगाएत सुरक्षा निकायका व्यक्तिहरुको राति नै कोहपुर स्थित अस्पतामा पुगेका थिए । डाक्टरहरुले थप उपचारका लागि काठमाण्डौं लिन सुझाव दिएका छन् उता जाने व्यवस्थापन गर्दै छौं, हामी विहानको जहाजबाट भए पनि उपचारका लागि मेयरलाई काठमाण्डौं लिन्छौं उपचारमा सहयोग गरिरहेका खड्क कठायतले बताए ।
मेयर चौधरीलाई गत बिहीबार सोहि नगरपालिका ५ कि राधा चौधरीलाई बोक्सी भनि कुटपिट गर्नेहरूलाई संरक्षण गरेको आरोप लगाइएको थियो । तर मेयर चौधरीले त्यसको एक प्रेस बिज्ञप्ती प्रकाशित गरी खण्डन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी परिचालन गरेको जनाएको छ ।