अवधी भाषाको पाठ्यपुस्तक पठन सामाग्री निर्माण शुरु

नेपालगन्ज । नेपालगन्जमा अवधी भाषाको पाठ्यपुस्तक पठन सामाग्री निमार्ण शुरु गरिएको छ । नेपालमै पहिलो पटक अवधी भाषाको विद्युतीय सप्फट्वेयरमा पठनसामाग्री निमार्ण गर्न लागिएको हो ।
विश्व शिक्षाको सहकार्यमा बाँके युनेस्को क्लबले सो सामाग्री निमार्णका लागि २२ जना अवधी लेखकहरुका लागि ६ दिने कार्यशाला शुरु गरेको छ । सोही कार्यशालामा अवधी भाषाका २ सय वटा पाठ्य सामाग्री तयार पारिने छ ।
कार्यशालाको उदघाटन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले अवधीभाषी धेरै भएको बाँकेमा प्रारम्भिक कक्षाका बालबालिकाका लागि अवधी भाषाको पाठ्य सामाग्री निर्माण गर्नु अतिनै राम्रो काम भएको बताउनु भयो ।
उहाँले यो सामागीको निर्माणपछि विभिन्न स्थानीय तहमार्फत पाठ्य सामाग्रीलाई प्रयोगमा ल्याउन लगाउने बताउनु भयो ।सो अवसरमा बोल्दै जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक शिक्षा अधिकारी गोर्ख बहादुर थापाले यो सामाग्री निर्माणले अवधी भाषी क्षेत्रका बालबालिकालाई बिद्यालयमा टिकाउन सहयोग गर्ने बताउनु भयो ।
शिक्षा पत्रकार समुहका सचिव तुला अधिकारीले बाँके जस्तो जिल्लाका लागि अवधी पाठ्य सामाग्री निर्माण गरिनु धेरै ठुलो उपलब्धी भएको बताउनु भयो ।
पठन सामाग्री तयार भएपछि कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई आफ्नै मातृ भाषामा पढन लेख्न र सिक्ने कार्यमा सहजता हुनेछ ।
कार्यशालामा विद्युतीय सप्फट्वेयर तथा विषयबस्तुको बारेमा जानकारी गराई २ सय पाठ तयार गरिने बाँके यूनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दिकीले बताउनुभयो ।
कार्यशालामा पाठयक्रम विकास केन्द्रका पुरुषोत्तम घिमिरे र विश्व शिक्षाका सिमा आचार्य सहितको ४ जनाको टोलीले सहजीकरण गरिरहेको छ । सो कार्यशालाको व्यवस्थापन र सहजीकरण बाँके युनेस्को क्लबको तर्फबाट सिराज खान र राकेश मिश्रले गर्नु भएको छ ।पठन सामाग्री तयार भएपछि विद्यालयहरुमार्फत मातृभाषाका विद्यार्थीहरुलाई पढन र सिक्नका लागि उपयोगी हुनेछ ।
पश्चिम नेपाल नवलपरासीदेखि कञ्चनपुर जिल्लासम्म अवधी भाषीको भौगोलिक क्षेत्र रहेको छ । बाँके जिल्लालाई केन्द्र मानी विश्वकै अवधी भाषीका बालबालिकाहरुका लागि पाठन सामाग्री तयार गर्न लागिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *