बैजनाथ गाँउपालिकाको नियमित गाउँसभाको बैठकले महत्वपूर्ण कानून तथा कार्यविधि पारित


नेपालगन्ज- बाँकेको बैजनाथ गाँउपालिकाको नियमित गाउँसभाको बैठकले विभिन्न कानून तथा कार्यविधि पारित गर्नुका साथै संशोधन सहितका कार्यक्रम र महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।

यही फागुन ४ गतेबाट सुरु भएको गाउँसभाको विभिन्न समयमा बसेको नियमित बैठकले करिव एक महिना लामो वृहत छलफलपछि महत्वपूर्ण कानून तथा कार्यविधि पारित गर्दै संशोधन सहितका कार्यक्रम तथा निर्णयहरु पारित गरेको प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र बहादुर माझीले जानकारी दिए ।

बैठकले बैजनाथ गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्ने गर्ने सम्वन्धमा बनेको निर्देशिका–२०७४, बैजनाथ गाउँपालिकाको कृषि व्यवसाय प्रर्वद्धन ऐन–२०७४, बैजनाथ गा.पा.को स्थानीय बजार अनुगमन निर्देशिका–२०७४, बैजनाथ गा.पा.को सहकारी ऐन–२०७४, बैजनाथ गा.पा.को एफ.एम.रेडियो (सञ्चालन तथा वयवस्थापन) निर्देशिका–२०७४ र न्यायिक उजुरीको कारवाही गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्वन्धमा बनेको ऐन–२०७४ कार्यविधिहरु पारित गरिएको हो ।

यस्तै बैठकले बैजनाथ गाउँपालिका लगायत दुईवटा कार्यालयको भवनको डिपीआर, एमटिएमटी मास्टर प्लानका लागि समेत बजेट संशोधन सहित विनियोजन गरेको छ ।

सो बैठकले केन्द्र सरकारसंग बैजनाथ गाउँपालिकाको भवन वडा नम्बर ५ रामपुरमा र बहुमुखी क्याम्पस प्रभात मावि जी गाउँमा स्थापना हुनुपर्ने माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश सरकारसंग वडा नम्बर २ र ४ को वडा कार्यालय भवन निर्माण र प्राविधिक शिक्षालय जनता आदर्श मावि वडा नम्बर २ मा हुनुपर्ने माग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बताए ।

उक्त बैठकले बैजनाथ गापाको पितमारीमा निर्माण हुने प्रदेश नम्बर ५ कै महत्वपूर्ण औद्योगिक क्षेत्र निर्माण गर्दा सो क्षेत्रको बस्तीलाई कुनै असर नपर्ने गरी कार्यान्वयनमा लैजान सरोकारवालाहरुसंग भएको पूर्व सहमतिअनुसार केन्द्र र प्रदेश सरकारसंग समन्वय तथा अनुरोध गर्ने र स्वास्थ्य र सरसफाइका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरसफाइ अभियानता र सहयोगीको व्यवस्था लगायतका महत्वपूर्ण निणयहरु गरेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *