बागेश्वरी मन्दिरको बर्षौं पुराना बाकस खोलिए

नेपालगन्ज– प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको बर्षौं पुराना बाकस बुधवार खोलिएको छ । झण्डै तीन दशकपछि मन्दिरका जिन्सी सामान राखिएका दुई वटा बाकस खोलिएको हो ।
मालपोत कार्यालयमा रहेका ती बाकसमध्ये एउटा बाकसमा मालपोत बुझाइएको रसिद र पुराना फाइलहरु मात्रै भेटिएको बताइएको छ भने अर्काे बाकसमा विभिन्न गरगहना लगायत जिन्सी सामान फेला परेको बताइएको छ ।
अहिले गरगहनाको नापतौल गर्ने कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । २ वटा बाकसहरु मालपोत कार्यालयमा अलपत्र अवस्थामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *