काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा एमाले सांसद गणेश तिमिल्सिना निर्वा्चित भएका छन् । उनलाई बुधबार बसेको राष्ट्रिय सभा बैठकले औपचारिक रूपमा सभाको अध्यक्ष निर्वा्चित भएको घोषणा गरेको हो ।
उम्मेदवारी दर्ताको समय उनको मात्रै उम्मेदवारी परको थियो । राष्ट्रिय सभा अध्यक्षको लागि २८ गते सोमबार निर्धारित समयभित्र वाम गठबन्धनतर्फबाट तिमिल्सिनाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भइसकेका थिए । तर, त्यसको औपचारिक घोषणा भने आज बसेको राष्ट्रिय सभा बैठकले गरेको हो ।
गठबन्धन दलबीच प्रतिनिधिसभाको सभामुख माओवादी, राष्ट्रिय सभाको अध्यक्ष एमालेबाट बनाउने समझदारी भएको थियो । राष्ट्रिय सभा अध्यक्ष प्रतिनिधिसभाका सभामुखकै समान मर्यादाको पद हो । सभामुखमा यस अघि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वा्चित भइसकेका छन ।
यो समाचार कान्तिपुर अनलाइनमा छ