काडमान्डौँ- नवनिर्वािचत राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् ।
राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।
न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।
पराजुली पदमुक्त भएको जानकारी न्याय परिषदले सार्बजनिक गरेपनि यसबारे राष्ट्रपति कार्यालय र स्वयं प्रधानन्यायाधीशलाई समेत जानकारी थिएन । शीतल निवासको भव्य समारोहमा पराजुलीले राष्ट्रपतिलाई शपथ गराएपछि मात्र उहाँ पदमुक्त भएको खबर सार्वजनिक भयो ।
यसबारे राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले भने, ‘राष्ट्रपतिले पूर्व तयारी अनुसार नै प्रधानन्यायाधीशबाट शपथ लिनुभएको हो, उहाँ पदमुक्त भएको जानकारी थिएन ।’
तर न्यायपरिषदले स्पष्ट रुपमा पराजुली पदमुक्त भैसकेको जानकारी गराएको छ । पदमुक्त प्रधानन्यायाधीशबाट राष्ट्रपतिले लिएको शपथ वैधानिक हुन्छ कि अवैधानिक भन्ने प्रश्न उठेको छ ।