बुटवल- प्रदेश ५ मा सरकार विस्तारको अन्तिम तयारी भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले कम्तीमा ३ मन्त्री थप गरेर मन्त्रिपरिषद ६ सदस्यीय बनाउँदैछन् ।
एमालेका लिला गिरी मन्त्री बन्ने करिब पक्का भएको एमाले स्रोतले जनाएको छ ।
त्यस्तै एमालेकै आरती पौडेल र विष्णु पन्थी र माओवादीका सुदर्शन बराल र कृष्णा केसीको नाम पनि मन्त्रीको चर्चामा छ । गिरी रुपन्देहीको निर्वाचन क्षेत्र २ क बाट निर्बाचित प्रदेश सांसद हुन् भने पौडेल बाँके क्षेत्र नम्बर १ ख र केसी १ क बाट निर्वाचित प्रदेश सांसद हुन् ।
यसअघि फागुन ३ गते मुख्य मन्त्रीसहित ३ जना सदस्यीय मन्त्रिपरिषद गठन भएको थियो । प्रदेश ५ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटि सदस्य शंखर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा एमालेका बैजनाथ चौधरी छन् । चौधरी सरकारका प्रवक्ता पनि हुन् । मन्त्री चौधरीले माओवादीले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताए ।