नेपालगन्ज–बाँकेको खजुरास्थित कपास विकास समिति अन्तर्गत बाँके र बर्दियामा कपास खेती सञ्चालनको लागि पहल गरिने भएको छ ।
खजुरा गाउँपालिकाले यसको लागि पहल सुरु गर्ने भएको हो । कपास खेतीको लागि प्रदेश सरकार र केन्द्रीय सरकारसँग प्रस्ताव अगाडि बढाईसकिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।
गाउँपालिकाको योजनाले मात्र कपास खेती र कपडा उद्योग सञ्चालन कार्य असम्भव भएकोले प्रदेश सरकार र संघीय सरकारमार्फत योजना अगाडि सारिएको अध्यक्ष कक्षपतिले बताए।
विगतमा कपासको व्यवसायीक रुपमा खेती गरिने बाँके र बर्दियाका स्थानमा पुनः कपास खेती गर्ने र उत्पादित कपासबाट प्रदेश नं. ५ मा नै खपत गर्ने गरी उद्योग सञ्चालन गर्ने साेंचका साथ योजना अगाडि बढाईएको हो ।
व्यवसायीक कपास खेतीका लागि कृषकलाई आवश्यक बीउ, मल र सिप प्रदान गर्नै र उत्पादित कपासलाई कपास विकास समितिमार्फत खरिद गरी कपडा उद्योग सञ्चालन गर्न सके स्थानीयस्तरमै ठूलौ संख्यामा रोजगार प्रदान गर्न सकिने कक्षपतिको विश्वास रहेको छ ।
‘उत्पादित कपासबाट कपडा उद्योग सञ्चालन गरी प्रदेश नं. ५ र ६ मा सुरक्षाकर्मीको पोशाक मात्रै सप्लाई गर्न सके ठूलो रोजगारकौ अवसर सिर्जना हुनेछ। ’–खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले भने–‘यसका लागि गाउँपालिकाले प्रयास थालिसकेको छ,सम्वद्ध सबैको सहयोग हुन जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *