आमा बाबु वैदेशिक रोजगारीमा रहेका बालबालिका बेचविखनको जोखिममा

नेपालगन्ज – आमा बाबु वैदेशिक रोजगारीमा रहेका बालबालिका बेचविखनको जोखिममा रहेको पाइएकोे छ । प्लान नेपालसँगको साझेदारीमा साथी संस्थाले बाँकेमा सञ्चालन गरेको बालबालिका बेचविखनविरुद्धको अभियान सञ्चालनका क्रममा यस्तो पाइएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको मनिकापुर , जयसपुर, कोहलपुरको रझेना, बैजनाथ गाउँपालिकाको टिटिहिरिया, त्यसैगरि चिसापानी, नौवस्ता र वनकटवा, राप्ती सोनारी गाउँपालिकाको कचनापुर, जानकी गाउँपालिकाको गनापुर र खजुरा गाउँपालिकाको उढरापुरमा कार्यक्रम सञ्चालनको क्रममा यस्तो पाईएको साथी संस्थाकी परियोजना संयोजक कमला पन्तले जानकारी दिइन ।

बाबु वैदेशिक रोजगारीमा जाँदा आमा बालबालिका छोडेर अन्यत्रै विवाह गर्ने र आमा वैदेशिक रोजगारीमा जाँदा बाबुले अर्को विवाह गरेका घटना धेरै पाइएको उनले बताइन् । यसको नकरात्मक प्रभाव बालबालिकामा पर्ने र उनीहरु बेचविखनको जोखिममा हुने गरेको पाइएको हो ।
नौ महिनासम्म सञ्चालन गरिएको यो परियोजनाको अवधिमा बेचविखनको जोखिममा १ सय ४१, घरेलु हिंसाका ३८, बलात्कारका ५, बहुविवाहका १२, बालविवाहका ३, यौन हिंसाका ४ गरी २०३ घटना अभिलेख भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *