बाँके । नेपालगन्जमा प्रथम अन्तर व्यवसायी फुटबल प्रतियोगिता २०७५ मंगलवारदेखि संचालन भएको छ । तयारी कपडा, व्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघको अयोजनामा भएको प्रथम अन्तर व्यवसायी फुटबल प्रतियोगितामा मंगलवार पत्रकार र नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी विच मैत्रीपुर्ण प्रतियोगिता भएको थियो । मैत्रीपुर्ण प्रतियोगितामा पत्रकारले व्यवसायीलाई ३ गोलले पराजित गरेका छन् । खेल सुरु भएको १३ मिनेट मै पत्रकारका टिमबाट विशाल राना मगरले गोल गर्न सफल भएका थिए ।
दोश्रो हाफको १० मिनेटमै मैदानको मध्य भागवाट पत्रकारका टिमबाट सौरभ गिरीले उत्कृष्ठ गोल गर्न सफल भएका थिए । यस्तै पत्रकारकै टिमबाट भगतराम थारुले पनि एक गोल गर्न सफल भएका थिए । उक्त खेलमा सहभागी उद्योग वाणिज्य सघंका नेपालगन्जका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले व्यवसायिहरु पनि खेल मार्फत स्वस्थ हुनु पर्छ र यस्तो खेलले व्यवसायि हरुको सदभाव कायम राख्ने बताए।
यसैगरी उद्योग वाणिज्य सघं नेपालगन्जका अध्यक्ष नन्दलाल वैश्यले यो खेल भनेको आपसी खेल हो यसले मित्रता एउटा भाइचारा सम्वन्ध र स्वस्थको लागि पनि यस्तो खेल खेल्नुपर्ने बताए। नेपालगन्जको प्रहरी व्यामशालाको फिल्डमा सञ्चालन भएको प्रतियोगितमा ९ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल मोवाईल वितरक संघ, नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघ, मदिरा व्यवसायी संघ बाके ,रेडिमेड तथा व्याग व्यवसायी समिति, नेपालगन्ज ईलेकिट्रकल एशोसियसन बाँके, होटल व्यवसायी संघ बाँके, नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाँके, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके, तयारि कपडा, व्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघ बाँकेको टिम सहभागिता रहने आयोजक टिमका अध्यक्ष भिम बहादुर रानाभाटले जानकारी गराए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार र द्वितिय हुनेलाई २५ हजार नगद सहित सिल्ड र प्रमाणपत्र वितरण गरिने अध्यक्ष रानाभाटले बताए । यस्तै उत्कृष्ट खेलाडी ,उत्कृष्ट गोलकिपर लगायतलाई ५१ सयका दरले प्रदान गरिने आयोजकले जनाएको छ । खेल नकआउट सिस्तम संचालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता मिशन आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरि राखिएको हो ।