बाँके । बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकालाई समेट्नेगरी चक्रपथ निर्माणको प्रस्ताव गरिएको छ । जानकी गाउँपालिकाको आयोजनामा बुधवार आयोजित बैठकले चक्रपथ निर्माणको निर्णय गरेको हो । जानकी गाउँपालिकाको वडा नं. ६ गनापुरस्थित पिप्रहवा चोकदेखि सुरु हुने नहरैनहर वडा नं. ४ नहरचोक, खजुरा गाउँपालिकाको वडा नं. ३ खजुराबजार, वडा नं. २ सीतापुर, वडा नं. १ को जलपोखरी हुँदै जानकी गाउँपालिकाको वडा नं. १ साईगाउँ, नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १७ परसपुर, ढोडे गाउँ, इन्द्रपुर, नहर, बनियागाउँ हुदै राँझाचोक जोड्ने चक्रपथको प्रस्ताव गरिएको छ ।
जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको अध्यक्षतामा भएको वैठकमा उपाध्यक्ष भूमिसरा धिताल, ६ वटै वडाका वडाध्यक्ष, बोर्ड सदस्य, प्रमुख प्रशासकीय अधिकृत पृतिभक्त गिरी, खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया बिक, वडा नं. १, २ र ३ का वडाध्यक्षहरु र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षको समेत सहभागिता रहेको थियो ।