बाँके । नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १८ कारकादो यातायात कार्यालय नजिकै मंगलवार अटोरिक्सा र स्कुटी एक आपसमा ठोक्किदा ६ जना घाइते भएका छन्।
नेपालगन्ज देखि राझा एरर्पोर्ट तर्फ जादै गरेको भे १ घ २५२८ नम्बरको अटोरिक्सालाई सोही दिशा तर्फ जादै गरेको भे ६ प. १०१४ न. को स्कुटीले पछाडी बाट ठक्कर दिदा रिक्सा चालक सहित ६ जना घाइते भएका हुन । घाइतेहरुलाई नेपालगन्ज मेडिकल कलेज उपचार गरिरहेको छ ।
घाइते मध्यमा ४ जना अली गम्भीर भएको डा.रोशन सापकोटाले बताए । रिक्सालाई ठक्कर दिने स्कुटर चालक बबिता चालिसे लाई प्रहरीले नियन्त्रणमा लिएको अस्पताल प्रहरी इन्चार्ज कृष्ण पुनले बताए ।
घाइते भई अस्पतालमा उपचार गराइरहेकाहरुमा काठमाडौं कालिमाटी बस्ने वर्ष २४ कि एलिसा तामाङ, वर्ष २२ कि जमुना तामाङ, बाँके नेपालगन्ज उप महानगरपालिका १८ राझा बस्ने वर्ष २५ का वुद्दि सागर सिरिपाल, राप्ती सोनारी गाऊपालिका ६ बस्ने वर्ष २४ कि शान्ति पुन मगर, सुर्खेत गुरुवा ३ बस्ने वर्ष ३४ का सुमन माझी र बाँके नेपालगन्ज ८ बस्ने वर्ष २३ का मिराज खान रिक्सा चालक रहेको प्रहरीले बताएको छ ।