बाँके । दुव्र्यसनीमा फसेका र एचआईभी जस्ता रोगहरु लागेकाहरु माथि क्षती न्युनिकरणका बिषयमा बिहिवार नेपालगन्जमा बहृद छलफल भएको छ । परिवर्तन समूहको आयोजनामा जिल्लाका बिभिन्न इकाईका प्रहरी र जिल्ला बारका सदस्यबीच यस्तो छलफल भएको हो ।
छलफलमा परिवर्तन समूहकी कार्यक्रम अधिकृत इन्द्रा रावलले क्षती न्यूनीकरणका प्रयासहरु थालिए धेरै दुव्र्यसनीमा फसेका युवा युवतीहरुलाई सही मार्गमा ल्याउन सकिने बताए । उनले यसका लागि सरकारी तथा गैरसरकारी निकायको समन्वय आवश्यक रहेको बताईन ।
छलफलमा दुव्र्यसनीको समस्याले समाजलाई पिरोलेको भन्दै रोकथामका उपायहरु अपनाउनुपर्नेमा जोड दिइएको थियो ।