साप्ताहिक सरसफाई कार्यक्रम समाबेशि टोलमा

बाँके । साप्ताहिक सरसफाई अन्तर्गत आज (सनिबार) नेपालगज उपमहानगरपालिका वडा नम्बर ९ समाबेशि टोलमा विहानै सरसफाई गरिएकाको छ । विहानै समावेसी टोलका बासिन्दा फोहोर उठाउने भाडा लिएर टोल सरसफाई गरेका छन् ।

साप्ताहिक सरसफाई अन्तर्गत हरेक हप्ताको शनिबार टोल सरफाई गरिदै आएको स्थानीय गोविन्द रेग्मीले जानकारी दिए । सरसफाई टोलीका अध्यक्ष कृृष्ण भडेलको अगुवाईमा गरिएको सरसफाईमा टोलका सबैको उत्सापूर्ण सहभागिता रहेको रेग्मीले बताए । समावेसी टोलमा सरसफाई कार्यक्रम बिगत ३ बर्ष देखि साप्ताहिक रुपमा गरिदै आएको छ ।