भगतरमा थारु बर्दिया । बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा कल्भर्ट निर्माणको बजेट वियर, रक्सी, र मासु पार्टीमा खर्च गरिएपछि विकास ठप्प हुने भएको छ ।
प्रचण्ड गर्मीमा स्थानियले जनश्रमदान गर्दा विस्कुट समेत नखुवाउने डाकहुवा झरना कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु भने कल्भर्ट निर्माणको उपलक्ष्यमा साँझा अवेरसम्म रक्सी पार्टीमा जमेका थिए ।
कल्भर्ट निर्माण सकेको उपलक्ष्यमा साँझा ४ बजेदेखि ९ बजे रातीसम्म रक्सीमा झुमेका थिए । राती अवेरसम्म बत्ती नबाली पंखा चलाएर समितिका पदाधिकारीहरु गोप्य पार्टीमा झुमेको स्थानीयले बताएका छन् । नगरपालिकाको १० लाख आर्थिक सहयोग र १ लाख ५० हजार जनश्रमदान गरी कुल ११ लाख ५० हजार लागतमा डाकहुवा झरना कल्भर्ट निर्माण भएको हो ।
कल्भर्ट निर्माण हुँदा जनश्रमदान स्वरुप १ लाख ५० हजार रकम कहाँ खर्च गरियो त ? स्थानिय नागरिकहरुले जिज्ञासा गरेका छन् । प्रचण्ड गर्मीमा ४ वटा समुहको २÷२ पटक जनश्रमदान गर्दा एक रुपैया समेत नास्तामा खर्च नगरिएको स्थानिय नागरिकहरुले बताएका छन् ।
४ समुहका १ सय ६९ जनाले दुई दुई पटक काम गर्न आएको स्थानिय नागरिकहरुले बताएका छन् । निर्माणका क्रममा ल्याएको सामाग्री समितिका अध्यक्ष सावित्री थारु र सामाग्री विक्री तथा ओसारपसार गर्ने कामदार वीच फरक फरक रकम र सामाग्री पेश गरिएको देखिएको छ । अध्यक्ष सावित्रीले ३८ दिन मिस्त्रीहरुले काम गरेको भने पनि मिस्त्रीले भने त्यति दिन नगरेको बताएका छन् ।
कल्भर्ट निर्माण हुँदा जनश्रमदान स्वरुप १ लाख ५० हजार रकम कहाँ खर्च गरियो त ? स्थानिय नागरिकहरुले जिज्ञासा गरेका छन् ।
डाकहुवा झरना कल्भर्ट निर्माणमा ३ मिस्त्री ३ लेवर प्रयोग गरेको भने पनि त्यतिजनाले काम नगरेको एक स्थानियले भने । जनश्रमदानमा ४ नं. समुहका ५३ जना, ८ नं. समुहका ४२ जना, ६ नं. समुहका ३७ जना र ५ नं. समुहका ३७ गरि १ सय ६९ जनाले दुई दुई पटक जनश्रमदान गरेका थिए ।
त्यस्तै ठाकुरबाबा नगरपालिका ३ मिर्चैयाकै दुन्द्रा खोलामा जाली र सेलेप योजना निर्माण उपभोक्ता समितिले ८ लाख ५० हजारको आर्थिक सहयोगमा कल्भर्ट निर्माण गरेको छ । कल्भर्ट निर्माणको रकमले समितिका पदाधिकारीहरुले दैनिक वियर र मासुमा रकम हिनामिना गरेको स्थानीयको गुनासो छ ।
काम गरेको बहानामा उनिहरुले हरेक साँझा फरक फरक होटेलमा बसी पार्टी गर्ने गरेको खुल्न आएको छ । एक पसलमा २० हजारदेखि माथि उधारो रक्सी खाएको एकजना पदाधिकारीले भन्नुभयो । यस्तै समितिले कामै नगरेको मिस्त्री र लेवरलाई काम गरेको भनेर फर्जि विल पेश गरि रकम निकासाको लागि विल पेश गरेको छ ।
दुन्द्रा खोलामा १ मिस्त्री र २ लेवर काम गरेपनि २ मिस्त्री र ३ लेवर २० दिन काम गरेको समितिले विल पेश गरेको छ । समितिले सिमेन्ट र सरियामा पनि बढि प्रयोग भएको देखाएको छ । कल्भर्टमा २ सय ७० बोरा सिमेन्ट प्रयोग भएपनि समितिले ३ सय बोरा प्रयोग भएको देखाएको छ ।
२ सय ७० मा पनि २३ बोरा सिमेन्ट बचेको स्थानिय एक व्यक्तीले भने । बचेको सिमेन्ट समितिकै पदाधिकारीहरुले आफ्नो घरमा लगेको स्थानिय एक व्यक्तिले नाम नभन्ने सर्तमा भने । कल्भर्टमा के कति कहाँ खर्च भएको बारे समितिका कोषाध्यक्ष दिपा भण्डारीलाई भने जानकारी नभएको बताए ।
लेखाजोखाको बुक अध्यक्षसंगै रहेको उहाँले जानकारी गराए । समितिले हरेक सामाग्री सस्तो तथा खरिद भन्दा बढी देखाएको तथ्य बाहिर आएको छ । कल्भर्ट निर्माणबारे जानकारी लिन समितिका अध्यक्ष भरत साउदसँग बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
त्यस्तै ठाकुरबाबा नगरपालिका ३ का वडाअध्यक्ष श्रीकृष्ण थारुले मिर्चैयामा दुईवटा कल्भर्ट निर्माण भएकोमा एकवटाको विल पास भैसकेको र एक वटाको विल पास हुन वाँकी रहेको बताए । वडा अध्यक्ष थारुले भन्नुभयो गाउँघरमा आलोचना भैरहन्छ । यसमा आलोचना गर्ने कुरै भएन । ठाकुरबाबा नगरपालिका ३ मिचैयामा दुईवटा कल्भर्ट निर्माण यसै चालु आ.व.मा सम्पन्न भएको छ ।