नेदरल्यान्डले नेपाललाई दियो १ सय ९० रनको लक्ष्य

बाँके । नेदरल्यान्डले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ । अन्तिम विकेटका रुपमा नेपालका सोमपाल कामीले क्लासेनलाई ११ रनको अवस्थामा क्याचआउट गराएपछि नेदरल्यान्ड ४७।४ बलमा १ सय ८९ रनमा अलआउट भयो । कामीलेनै पहिलो विकेट पनि लिएका थिए ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्डका लागि मिचेल रिपोनले सर्वाधिक ५१ रनको अर्धसतकीय इनिङ खेले । उनी बाहेक अन्यको प्रदर्शन गतिलो रहेन् । नेपालका लागि कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दै ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट लिए । सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीको नाममा समान १ विकेट रह्यो । नेपालले १ सय ९० रनको विजय लक्ष्य लिएर केहिसमयमा मैदानमा उपस्थीत हुनेछ ।