बैजनाथमा विकासका लागि एक करोड पाँच लाख

बाँके । बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरि ४७ करोड २५ लाख ७६ हजार बजेट सार्वजनिक गरिएको हो । चालु खर्च तर्फ २५ करोड २१ लाख ३१ हजार १ सय र पूँजिगत खर्च तर्फ २२ करोड ४ लाख ४४ हजार ९ सय बजेट छुट्याइएको बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले बताए ।
आन्तरिक तर्फ अनुमानित बजेट २ करोड ३ लाख रहेकोमा पूँजिगत तर्फ १ करोड १५ लाख, राजश्व बाँडफाँड तर्फ २ करोड ४२ लाख ६० हजार, समानिकरण अनुदान १ करोड ३ लाख ३ हजार रुपैयाँ रहेको छ । बैजनाथ गाउँपालिकाका लागि प्रदेश नं. ५ को सरकारबाट अनुदान स्वरुप ४७ लाख ९६ हजार हजेट प्राप्त भएको समेत अध्क्ष रुचालले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷०७६का लागि बैजनाथ गाउँपालिकाले सामाजिक विकासका लागि १ करोड ५ लाख १२ हजार, महिला लक्षित कार्यक्रम अन्तर्गत ८ लाख ४१ हजार, बालबालि लक्षति वर्ग अन्तर्गत ८ लाख ४१ हजार र दलित लक्षित वर्ग अन्तर्ग ८ लाख ४१ हजार, अपाङ्ग लक्षित वर्ग अन्तर्ग ८ लाख ४१ हजार, आदिवासी जनजाति लक्षित वर्ग अन्तर्गत ८ लाख ४१ हजार र यूवा लक्षित वर्ग अन्तर्गत ८ लाख ४१ हजार बजेट बिनियोजित गरेको छ ।
त्यस्तै वातावरण तथा विपद् व्यवस्थापन तर्फ २६ लाख २९ हजार, जल उत्पन्न प्रकोप, नढी नियन्त्रण तर्फ १३ लाख १५ हजार, वन तथा भूसंरक्षण तर्फ २ लाख ६२ हजार र फोहोर मैला व्यवस्थापका लागि २ लाख ६२ हजार बजेट बिनियोजित गरिएको अध्यक्ष रुचालले जनाएका छन् । साथै गाउँपालिकामा आर्थिक विकास समिति तर्फ कार्यक्रम पेश भए पछि सञ्चलान हुने गरी १ करोड ५ लाख बजेट बिनियोजित गरिएको छ ।

बजेटका उद्देश्यहरु आर्थिक विकास र गरिबी निवारणमा पत्यक्ष योगदान पुग्ने, उत्पादन मुलक र छिटा प्रतिफल प्राप्त हुने, राजश्व परिचालनमा योगदान पुग्ने, सेवा प्रवाह, संस्थागत विकास र सुशासन योग्दान पुग्ने, लैगिक समानता, सामाजिक सामवेकीकरणको अभिवृद्वि हुने, दिगोविकास वातावरण संरक्षण र विपद व्यवपापनमा योगदान पुग्ने लक्ष्य लिईको जनाइएको छ । साथै आर्थिक वर्ष २०७५÷०७६मा आर्थिक विकास, सामाजिक, पूर्वधार, सांस्कृतिक तथा पर्यवरण र संस्थागत तथा सामुदायिक विकासलाई बजेटको प्राथमिकतामा राखिएको छ ।