जाजरकोट । खोलाले बगाउदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपल खोलाले बगाएर बुधबार विहान ३९ वर्षीय उमेशवहादुर शाहीको मृत्यु भएको नलगाड नगरपालिकाको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए।
खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पुर्याएपछि स्थानीयले शाहीको उद्धार गरेका थिए।