आज ठूलो पानी पर्ने सम्भावना


बाँके । आज बाँके लगाएत देशभर बदलि गर्नुका साथै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकेमा विहानै देखि पानी परिरहेको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार आज सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ ।
मनसुन त्यति सक्रिय नभए पनि अस्थायी न्युनचापीय रेखा देखिएकाले आज तुलनात्मक रुपमा ठूलो पानी पर्ने सम्भावना भएको हो । दिउँसो र राति पश्चिमी क्षेत्रमा यसको प्रभाव धेरै पर्ने मौसमविद् रिमालको भनाइ छ । मौसमविद रिमालका अनुसार अझै एक दुई दिन मौसम यस्तै रहनेछ ।