काठमाडौँ । विभिन्न आयोजनाको ठेक्का लिंदै अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न प्रहरीले पुर्जी काटेको छ ।
गएको भदौ ९ गते रौतहटको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनामा दोषी भएको दाबीसहित रौनियार विरुद्ध पक्राउ पुर्जी जारी गरेको रौतहटका प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिए ।
डुंगा दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिवारले पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियार विरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको उनले बताए । पप्पु कन्सट्रक्सनले ठेक्का लिए पनि समयमा पुल निर्माण गरिनसक्दा स्थानीयवासीलाई डुंगामै नदी तर्नुपर्ने बाध्यता छ ।
अध्यक्ष रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन्।