राष्ट्रिय अनुसन्धानका कर्मचारी २० हजार घुससहित पक्राउ

बार्दिया । राष्ट्रिय अनुसन्धान कार्यालय बर्दियाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दियाको टोलीले सहायक सूचक दीपेन्द्र पनेरुलाई सोमवार बेलुकी पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका–६ स्थित भन्सार रोडमा रहेको मिन्सु सेवा क्लिनिकबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा पनेरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

पक्राउ परेका अनुसन्धानका कर्मचारीले भारतीय ब्राण्डका औषधि बेच्न पाउने लाइन बापत भन्दै पटक पटक पैसा मागेर सताउने गरेको मिन्सुसेवा क्लिनिकका शैलेन्द्रकुमार गुप्ता (मिन्सु) ले बताए । उनले भने, ‘८० हजार रुपैयाँ मागेकोमा बल्लतल्ल २० हजार रुपैयाँ दिएको हुँ ।’

-annapurn post