वडा नं.२० को सार्वजनिक सुनुवाई सम्पन्न


बाँके । नेपालगन्ज उप महानगरपालिका वडा नं. २० ले बुधबार यस गर्ने कार्यक्रम, बजेट सहित सेवा सुविधाका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सावर्जनिक कार्यक्रमा वडा अध्यक्ष कृष्ण कार्कीले आर्थिक वर्ष २०७५÷७६ का लागि कुल बजेट १ करोड ४९ लाख ३५ हजार बारबारको कार्यक्रम र बजेट वडाले कार्यान्वयन गर्ने गरी उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी गराएका थिए ।
यस बर्ष वडा कार्यालायबाट सरसफाई, सडक बत्ति, पार्क निर्माण तथा सरसफाई तटबन्ध, वडास्तरी खेलकुद, नीजि विद्यालयमा छात्रबृत्ति, सडक पत्ति, बालपार्क, टिभि अस्ताल निर्माणका लागि पहल, सोलार जडान लगाएत गरिब, विपन्न, दलित, मधेसी, मुस्लिमका पक्षमा आय आर्जन वृद्धिमा बजेट विनियोजन गरिएको जानकारी दिइए थियो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं. २० मा रहेका सरकारी कार्यालयका प्रतिनिधि, शिक्षक, व्यापारी, कृषक लगाएत आम नागरिकको उस्थिती रहेको थियो ।
वडा नं. २० ले गर्ने काम र दिन सेवाका बारेमा जानकारी दिनु र नागरिकले आफ्नो वडाले दिने सेवाका बारेमा यसरी जनाकारी लिन पाउनु पर्दछ । यस साथै वडा अध्यक्ष कार्कीले वर्षमा एक पटक मात्र हैन वडाका नागरिक हरेका दिन वडाबाट हुने कार्यसम्पादनको बारेमा जानकारी लिन पाउने र सो जानकारी वडा कार्यालय दिन तयार रहेको समेत वताएका थिए ।
कार्यक्रम वडा २० का अन्य जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीको समेत उपस्थिती रहेको थियो । यस प्रकारको कार्यक्रम निरन्तर गर्ने वडा अध्यक्ष कार्की जानकारी गराए ।
चन्द्र बोहरा, नेपालगन्ज