बाटो तथा लक्षित वर्गका कार्यक्रम प्रमुख प्राथमिकतामाः वडा अध्यक्ष सिंह

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.६ ले बाटो निर्माण तथा लक्षित वर्गको विकासमा यस वर्षको बजेट तथा कार्यक्रम आफ्नो प्रमुख प्राथमिकतामा पारेको छ ।
लामो समय सम्म जनप्रतिनिधि नभएकोले विकास निर्माणमा प्राथमिकता नबनाई काम भएकोले नयाँ तथा पुराना वस्तीमा बाटो, नाली नभएकोले वस्तीस्तरबाटै प्राथमिकतामा परेका कार्यक्रमलाई वडापालिकाले पनि तिनै कार्यक्रमलाई प्राथमिकता दिएको वडा अध्यक्ष समिर प्रातप सिंहको भनाई छ । अध्यक्ष सिंहका अनुसार यस आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रम नागरिकको घर दैलो सम्म बाटोलाई पहिलो प्राथमिकता दिएर काम गरेको बताउ छन् ।
वडा नं. ६ मा नेपालगन्जका पुरान बस्ती पनि पर्दछ । यसका साथै बसाई सराई गरी आउनेले विगत २ दशक भन्दा पहिले घर बनाएका छन बाटो र नालाको व्यवस्था नभएका स्थानमा बाटो नाला निर्माण गर्ने काम गरिएको हो ।
विभिन्न जातिय, धार्मिक र लोपोउन्मुख कुचवधिया जातिको बसोबास रहेको यस वडामा लक्षित वर्गका रुपमा रहेका गरिब, विपन्न, लोपोउन्मुख जातिको क्षमता विकास, आय आर्जन र सीप विकासमा पनि वडाका कार्यक्रम रहेको वडा अध्यक्ष सिंहको भनाई रहेको छ ।
महिला, मधेसी, मुस्लिम, बालकालिका जस्ता लक्षित वर्गले माग गरेका विभिन्न सीपमूलक तालिम र कार्यक्रम यस वडाको दास्रो प्राथमिकतामा रहेको छ । बालकालिकाको नेतृत्व विकास, महिलाको आयमूलक तालिम जस्ता कार्यक्रम वडा गरेको छ । आफ्नो कार्यकालमा एकपटक विनियोजित वजेटमा थप पुनः त्यहीबाटो, नाला र कार्यक्रममा बजेट विनियोजन नगर्नु पर्ने गरी बजेट कार्यक्रम विनियोजित गरिएको वडा अध्यक्ष सिंहको भनाई रहेको छ ।
पाँच वर्षे कार्यकालमा उल्लेखिनीय, प्रतिफलमूलक तथा नागरिकले अनुभूति गर्ने गरी विकास तथा कार्यक्रम गर्ने उनको दावी समेत रहेको छ । अध्यक्ष सिंहका अनुसार विकासमा परिवर्तन भएको देखिने गरी विकास गर्नु पर्दछ भन्नेमा छु सोही अनुसारका हाम्रो वडाका जनप्रतिनिधि र कार्मचारीको समूहले काम गरेका छौ उनको दावी रहेको छ ।