नेतृत्व विकास तालिम सम्पन्न

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ ले बाल सञ्जालका सदस्यहरुलाई तीन दिने नेतृत्व विकास, भर्ना अभियान र जन्म दर्ताका विषयमा शनिबार सम्पन्न भएको गरेकाे छ ।
वडापालिकाको आर्थिक सहयोगमा नेपाल उत्पीडित उत्थान विकास संस्थाले सो तालिमको आयोजना गरेको हो । तालिममा विभिन्न समुदायका २० जना विद्यालय उम्मेरका बालबालिकाको सहभागिता रहेको छ । तालिमको अावश्यकताका बाेल्दै वडा अध्यक्ष समिर प्रताप सिंहले छोराको जन्म दर्ता गराउने छोरीको जन्म दर्दा नगराउने चलनको अन्त्य गर्नु पर्दछ त्यसका लागि बाल सञ्जालको महत्वपूर्ण भूमिका हुने वताएका छन । वडा अध्यक्ष सिंहले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न अनुराेध समेत गरे ।
बालबालिकालाई शिक्षाको महत्व र आवश्यकताका साथै उनीहरु नेतृत्व गर्ने क्षमताको विकास गर्नेका लागि ज्ञान र सीपको अभाव देखिएकोले बालबालिकालाई नेतृत्व विकासको तालिमको आयोजना गरिएको वडा अध्यक्ष सिंहकाे भनाइ छ ।
समापन कार्यक्रममा वडा सचिब अमरदेव भारतीयले तालिममा सिकेका कुरा व्यवहारमा देखाउन सके वडापालिकाले अझै अन्य विषयका क्षमता विकास काम गर्न मिल्ने वताए । बालबालिकाले बदलिदो समय, परिवेस तथा प्रविधिको भरपुर प्रयोग गर्नका लागि सीप र क्षमताको आवश्यकता हुने भएकोले यो तालिमको आयोजना गरिएको प्रशिक्षक लाेकबहादुर बिकको भनाई रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का गरिब, दलित, मधेसी र मुस्लिम समुदायका बालबालिकाको नेतृत्व विकासका लागि वडापालिकाले यो तालिमको आयोजना गरेको हाे । तालिम केवल तालिममा मात्रै सिमित नभएर यसलाई व्यवहारमा उर्ता अति आवश्यक रहेका स्थानीय बासिन्दा एवम् पत्रकार चन्द्रश्वर त्रिपाटीले बताए ।