बाँके । बाँकेको डुडुवा गाउँपालिकाको चौथौ गाउँसभा तथा हिउँदे अधिबेशन शुरु भएको छ । आज शुरु भएको गाउँसभामा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आन्तरिकतर्फ संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
गाउँपालिकाको सडक उपयोग दस्तुरको ठेक्काबाट थप रु ७२ लाख २५ हजार ५ सय १ र नदीजन्य पदार्थ उत्खनन तथा विक्री वितरणबाट रु दुई करोड ४८ लाख ५ सय ११ गरि जम्मा रु ३ करोड २० लाख २६ हजार १२ को आन्तरिक आम्दानीमार्फत संशोधनसहितको प्रस्तावित कार्यक्रम ल्याइएको छ । त्यस अन्र्तगत कान्जी हाउस गौशाला निमार्ण, बन संरक्षण तथा नर्सरी सम्बद्र्धन, विउ संकलन केन्द्र निमार्ण, रमपुर्वा आश्रय स्थल निमार्ण, शिक्षण संस्था पुर्वाधार सुधार, तरकारी तथा मसलाबाली विकास, विद्युतीकरण कार्यक्रम, ह्युम पाइप खरिद लगायतका थप योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवालीले बताउनुभयो ।
गाउँसभा ९ दिनसम्म चल्ने सभामा प्रस्तुत गरिएको कृषि निति, पर्यटन निति, अपांङ्गता संरक्षण र बालमैत्री निति, गाउँपालिका साक्षरता अभियान नितिका विषयमा छलफल गरि पारित गरिनेछ । त्यसका लागि विभिन्न सरोकारवालासंग छलफल गरि नयाँ निति पारित गरिने गाउँपालिकाले जनाएको छ । सभामा चालु नयाँ आर्थिक वर्षको हालसम्मको समिक्षा समेत गरिएको थियो ।