बाँके । स्वास्थ्यकर्मीहरुले समायोजन न्यायोचित र समायोजनको मापदण्ड विपरित भएकोले तत्काल कर्मचारी समायोजन नीति अनुसारको स्वास्थ्यकर्मीलाई समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई आज नेपालगन्जमा ज्ञापनपत्र बुझाएका छन् । स्वास्थ्यकर्मी राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्दको अगुवाई विभिन्न ट्रेड युनियका नेताहरुले हस्ताक्षर गरेको ज्ञापन पत्र मन्त्री पण्डितलाई बुझाएका हुन ।
स्वास्थ्यकर्मीको ज्ञापन पत्र बुझ्दै मन्त्री पण्डितले स्वास्थ्य मन्त्रालयले कर्मचारी अभिलेख समय नपठाउदा र विधि प्रकृया अनुसार काममा कर्मचारीले समन्वय नगरेका कारण यस प्रकारको समस्या आएको वताउनु भएको छ । समस्या समाधान गर्नका लागि नै आफुले पुनःनिवेदन माग गरेको वताउनु भयो ।
संघीयता कार्यान्वयनको महत्वपूर्ण कार्य कर्मचारी समायोजन गर्नु पर्ने कार्य समयमा सम्पन्न गर्ने कार्यमा कर्मचारीले सहयोग गरेकोमा कर्मचारी धन्यवाद समेत मन्त्री पण्डितले दिनु भएको थियो । कर्मचारी समायोजनमा देखिएका त्रुटिलाई सच्याइने समेत मन्त्री पण्डितले जानकारी दिनु भयो ।
कर्मचारी समायोजनमा गुनासा सुनुवाइका लागि १३ हजार कर्मचारीका निवेदन परेका छन सही र उपयुक्त तरिकाले समस्या समाधानका लागि उपाध्यक्ष चन्द अनुरोध गर्नु भएको थियो । स्वास्थ्यकर्मी समायोजन नीतिको विरोध भन्दा पनि नीति अनुसारको काम नभएकोमा विरोध गरेको वताउनु भयो ।
ज्ञापन पत्रमा अन्यायमा परेका कर्मचारीको गुनासो सुनुवाई नभएमा बाध्य भएर आन्दोलन गर्ने समेतको दवाब दिईएको छ । साथै समायोजन गर्दा स्वास्थ्य सेवाको सफ्टवेयर निर्माण गरी समायोजन गर्नका लागि ८ बुदे माग समेत रहेका छन् ।