नेकपाका जनसंगठनका केन्द्रीय कमिटीकाे संख्या ताेकियाे


बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो ।
जनवर्गीय संगठनका केन्द्रीय कमिटी निम्न अनुसारका हुने छन ।
जनसंगठनको नाम र केन्द्रीय कमिटिको अधिकतम सख्या
अखिल नेपाल किसान महासङ्घ – २५१
अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठन – २५१
युवा सङ्घ नेपाल – २५१
अखिल नेपाल महिला सङ्घ – २५१
ट्रेड युनियन महासङ्घ नेपाल – २५१
प्रेस सङ्गठन नेपाल – १५१
नेपाल बुद्धिजिवी सङ्गठन – १६१
पेशागत महासङ्घ नेपाल – १११
जनसांस्कृतिक महासङ्घ नेपाल – २५१
नेपाल मुस्लिम सङ्गठन – २५१
नेपाल दलित मुक्ति सङ्गठन – २५१
आदिवासी जनजाति महासङ्घ – २५१
अपाङ्ग सङ्गठन नेपाल – ६९
खेलकूद महासङ्घ नेपाल –
नेपाल उद्योग व्यवसायी महासङ्घ – १५१
प्रवासी नेपाली मञ्च (भारत) – १९९
नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन – ९९
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन – २५१
मानवअधिकार तथा सामाजिक अभियान नेपाल – ४५