आज राष्ट्रपति नेपालगन्ज आउदै


बाँके । राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपालगन्ज आउने कार्यक्रम रहेको छ । राष्ट्रपतिले बैजनाथ गाउँपालिका ५ जी गाउँमा रहेको प्रभात माध्यामिक विद्यालयको स्वर्ण जयन्ती समारोह, नेपालगन्जमा इस्लामिक धर्मालम्बीको सामुहिक ‘रोजा इफ्तार’ लगायतका कार्यक्रममा सहभागिता हुनु हुनेछ ।

राष्ट्रपति आउने भएसँगै रमजानको महिनामा व्रत (रोजा) बसिरहेका यहाँका नेपाली मुस्लिम समुदायले सामुहिक ‘रोजा इफ्तार’ कार्यक्रमको आयोजना समेत गरेका छन् । नेकपाका केन्द्रीय सदस्य मोहम्मद हारुनका अनुसार आज साँझ साढे ५ बजेपछि नेपालगन्जस्थित सिद्वार्थ कटेजमा आयोजना हुने सामुहिक ‘रोजा इफ्तार’ कार्यक्रममा राष्ट्रपति भण्डारी सहभागि हुने कार्यक्रम समेत रहेको छ ।