जानकी गाउँपालिका अध्यक्ष कप २०७६ शुरु

बाँके । बाँकेको जानकी गाउँपालिकामा माध्यमिक विद्यालयस्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड एवम् जानकी गाउँपालिका अध्यक्ष कप २०७६ बिहिबार देखि शुरु भएको छ ।

प्रतियोगिताको गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा जानकी गाउँपालिका अन्तर्गतका तीनवटा सामुदायिक र दुईवटा निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाका संयोजक खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रतियोगितामा एक सय मिटर, दुई सय मिटर र रिले दौड, कपर्दी, भलिवल, शटफुट, १५ सय र ३ हजार मिटर दौड लगायतका खेल समावेश गरिएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा वडाध्यक्षहरु कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।