बाँके । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अनेरास्वबियुले आइतवार बाँकेको बागेश्वरी बहुमुखि क्याम्पसमा बृक्षारोपण गरेको छ ।
बिभिन्न प्रकारका सय बढी बिरुवा रोपिएको अनेरास्वबियुका क्षेत्रिय अध्यक्ष सुमन घिमिरेले जानकारी दिनु भयाे। बढ्दो सहरिकरण लगाएतका कारणले बातावरण प्रदुषण भैरहेका कारण वातावरण संरक्षणमा सहयोग पुर्याउने उदेश्यका साथ बृक्षारोपण गरिएको अनेरास्वबियूका क्षेत्रिय अध्यक्ष घिमिरेले जानकारी दिए ।
बृक्षा रोपण कार्यक्रममा पुर्ब अखिका केन्द्रिय नेता, ब्यापारी र क्याम्पस प्रशासानका प्रध्यापकहरुको सहभागीता रहेको थियो ।