
बाँकेकाे दशगजा क्वारेन्टाइनमा बसेका १सय ८१ जनालाई नेकपा बाँके जिल्ला अध्यक्ष एवम् प्रदेश ५ का सांसद इन्द्र प्रसाद खरेलले माेबाइल फाेनकाे रिचार्ज कार्ड हस्तान्तरण गर्नु भएको छ । व्यवसायी दिपेन्द्र बिष्टले दिएको सहयोग नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणालाई खरेलले आज हस्तान्तरण गर्नु भएको हाे ।
भारतका विभिन्न स्थानबाट आएका नागरिकलाई परिवारसँग सम्पर्क गर्न अप्ठ्यारो भएपछि नेपाल भारत सिमास्थित दशगजाको क्वारेन्टाईनमा बस्दै आएकालाई सहयोग गरिएको हाे ।
सांसद खरेलले नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणालाई ५० दरका १ सय ८२ थान रिचार्ज कार्ड उपलब्ध गराउनु भएको हाे । लगत्तै नेपालगन्ज उपमहानगरपालिका नगर स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले क्वारेन्टाईन पुगेर रिचार्ज कार्ड वितरण गरेको जानकारी दिनु भयो ।
केही दिन पहिले अनुगमनमा गएको बेला क्वारेन्टाईनमा बसेका नेपालीहरुले संचार सुविधाबाट बञ्चित भएको गुनासो गरेकाले उनिहरुको माग सम्बोधन गरिएको प्रदेश साँसद खरेलले बताउनु भयो । आफ्नो आग्रहमा नेपालगन्ज उद्योग वाणिज्य संघका एशोसियट सदस्य दिपेन्द्र विष्टले ५० दरका १३२ थान नमस्ते र ५० थान एनसिएलको रिचार्ज कार्ड उपलब्ध गराएको बताउँदै साँसद खरेलले विष्टको सहयोगप्रति कृतज्ञ भएको प्रतिक्रिया दिनु भयाे ।