राहत पाएकाे सामान पनि चाेरी भयो


बााँकेे । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १८ कारकााँदाेेेेमा शनिबार राति  चिया नास्ता पसलमा चोरी भएको छ । नेपालगन्जको कारकादो चोक नजिकै रहेको आशिष नास्ता  पसलमा चोरी भएको पसल संचालिका लक्ष्मी पौडेलले जानकारी दिनुभयाे ।

‘चिया नास्ता पसल चलाएर गुजारा गरिरहेकी थिएँ, आज राती चोरले पसलको ढोका फोडेर अन्य सामान सहित राहतमा पाएको चामल समेत लग्दियो । अब के खाने ? कसरी गुजारा चलाउने ।’ पौडेलले दुखेसो  गर्नु भयाे ।

उहाँका अनुसार, चोरले पसलमा भएको राहतमा पाएको दाल चामल, भरेर राखेको सिलिन्डर ग्यास, साइकल तथा प्रेसर कुकर सहितका भाडाकुडा चोरेको हो ।