नेपालगन्ज आज नौ जना कोरोना संक्रमित भेटिएकै दिन थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालगञ्जमा आईतबार मात्रै १५ जना कोरोना संक्रमित भेटिएका छन ।
यसअघि आईतबार नेपालगन्जका ९ र पर्साका १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सहित देशभर संक्रमितको संख्या ७५ पुगेको छ । देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन् । जसमध्ये २ जनालाई पुनः अस्पताल भर्ना गरीएको छ ।