नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगे

कोरोना परीक्षण पछिल्लो रिपाेर्ट अनुसार थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको छ । पछिल्लाे पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष हुनुहुन्छ ।