दाङमा सवारी दुर्घनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही-लमही सडक खण्डको मसोट खोलामा बुधबार साँझ करिब ५ बजेको समयमा सवारी दुर्घटना हुँदा ट्रक चालक भारत निबासी भलदेव सिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
घोराहीबाट भारतका लागि छुटेको टि.भि. ०५ डब्लु ७७३३ नम्बरको भारतीय ट्रकले सोही दिसातर्फ गईरहेको रा४प ४१६६ नम्बरको मोटरसाईकलाई मसोट खोलामा ठक्कर दिँदा दुर्घटना भएको हो । ट्रक सडकबाट कम्तिमा दुई सय मिटर तल मुसोट खोलामा खसेको प्रहरीको अनुमान छ।
त्यसैगरी घाईते हुनेमा मोटरसाईकल चालक लमही नगरपालिका–४ निबासी भगवानदिन चौधरी र रञ्जना चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । घाईते दुबैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दाङखबरबाट